Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नागरिक मारिँदा पनि सरकार चुइक्क बोल्न सकेन : ओली

नागरिक मारिँदा पनि सरकार चुइक्क बोल्न सकेन : ओली

  • सोमवार, भाद्र २१ २०७८

  • 474
    SHARES

  • नागरिक मारिँदा पनि सरकार चुइक्क बोल्न सकेन  : ओली

    काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भनेर प्रश्न गर्नुभएको छ ।

    युवा संघको काठमाडौंमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सोध्नुभयो, ’तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ । तर पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न ?’

    धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर ओलीले सोध्नुभएको छ । ’नागरिक मारिँदा पनि चुइक्क बोल्न सक्दैन ? सडकमा लाठी लगाउन सक्छ त युवाहरू बोल्ने बित्तिकै ! यस्तालाई भन्छन् घरका बाघ वनका स्याल,’ ओलीको भनाई थियो।

    पाँच दलको सरकार हुँदा पनि नेपाली नागरिकलाई महाकालीमा खसालेको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै ओलीले आलोचना गर्नुभएको छ ।नागरिकलाई उक्त घटनाको विरोध नगर्न विज्ञप्ति जारी गरेकोप्रति पनि ओलीले आलोचना गर्नुभएको छ ।

     


    सोमवार, भाद्र २१ २०७८०५:५५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij