Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रदेश–२ मा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुग्यो, एमाले ८ मा सीमित

प्रदेश–२ मा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुग्यो, एमाले ८ मा सीमित

  • आइतवार, भाद्र २० २०७८

  • 1.5K
    SHARES

  • प्रदेश–२ मा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुग्यो, एमाले ८ मा सीमित

    जनकपुरधाम : प्रदेश–२ मा नेकपा एमालेका थप दुई जना प्रदेश सभा सदस्यले नेकपा ( एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । योसँगै एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । अब एमालेमा ८ जना मात्र प्रदेश सभा सदस्य रहने भएका छन् ।

    एमाले संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् । गत बिहीबार एमालेका ११ जना सांसदसँगै उनीहरूलेले सनाखत एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने बताइए पनि अन्तिम समयमा उनीहरू फेरि एमालेका कार्यक्रममा सहभागी भएका थिए ।

    मौसम खराब भएको कारण देखाउँदै मंगलबार एकीकृत समाजवादीमा सनाखत गर्न नआएका उनीहरू दुबै जना वीरगञ्जस्थित एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । यसअघि एमालेमा रहँदासमेत पटक(पटक दुबैजना सांसदले कित्ता परिवर्तन गर्दै आएका थिए ।

    शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, डिल्ली उप्रेती, प्रमोद यादव, अशोक यादव, मदनसेन श्रीवास्तव, मन्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, नागेन्द्र यादव सुन्दर विश्वकर्मा, सीता गुरुङ एकीकृत समाजवादी रोजेका हुन् । उनीहरुको सनाखत सँगै प्रदेश २ मा एमाले भन्दा नवगठित समाजवादी पार्टी बलियो बनेको छ ।


    आइतवार, भाद्र २० २०७८०३:१४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij