Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

एमसीसीविरुद्ध एकढिक्का हुन २२ दलीय संगठनको आह्वान

एमसीसीविरुद्ध एकढिक्का हुन २२ दलीय संगठनको आह्वान

  • आइतवार, भाद्र २० २०७८

  • 1.0K
    SHARES

  • एमसीसीविरुद्ध एकढिक्का हुन २२ दलीय संगठनको आह्वान

    काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय संगठनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध एक हुन आह्वान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अनुमोदन गर्न सक्रियता बढाइरहेको बेला २२ दलीय संगठनले आइतबार विज्ञप्ति जारी गर्दै यसविरुद्ध एकढिक्का हुन आह्वान गरेका हुन् । निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदबाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

    एमसीसी पारित गर्नका लागि दबाब सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारी नेपाल भ्रमणमा आउन लागेको बेला उनीहरुले विरोध जानाएका हुन् । संगठनले एमसीसीको विरोधमा प्रदर्शन गर्ने बताएको छ । विरोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिने संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक सङ्गठनहरुमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च नेपाल रहेका छन् ।

     


    आइतवार, भाद्र २० २०७८०३:०१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij