Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

स्थानीय अधिवेशनमा काँग्रेस बलियो बनाउने उपाय र योजना बारे छलफल गर्नुः डा भण्डारी

स्थानीय अधिवेशनमा काँग्रेस बलियो बनाउने उपाय र योजना बारे छलफल गर्नुः डा भण्डारी

  • आइतवार, भाद्र २० २०७८

  • 478
    SHARES

  • स्थानीय अधिवेशनमा काँग्रेस बलियो बनाउने उपाय र योजना बारे छलफल गर्नुः डा भण्डारी

    काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले काँग्रेसको स्थानीय अधिवेशनका बेला पार्टीलाई बलियो बनाउने उपाय र योजनाहरुका बारेमा छलफल गर्न आग्रह गर्नु भएको छ ।

    “अधिवेशनबाट नेतृत्व चयनसँगै पार्टीलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा चिन्तन मनन गर्न म सवै नेता कार्यकर्ताहरुलाई आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेता भण्डारीले पार्टीलाई प्रभावकारी बनाउने अठोट लिएर अनुकरणीय बन्न पनि सुझाव दिनुभयो ।

    “राम्रा काम गरियो भने देशभरी चर्चा हुन्छ, अरुले पनि सिको गर्छन, त्यसैले राम्रा र अनुकरणीय कामहरु के के गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नुहोला,” उहाँले भन्नुभयो ।

    त्यसैगरी आफ्ना ठाउँ ठाउँको विकास निर्माण, समाज सुधारका बारेमा पनि अधिवेशनमा छलफल गर्न उहाँले आग्रह गर्नुभयो ।

    अधिवेशन भन्दैमा निर्वाचनमा मात्रै केन्द्रीत नहुन उहाँले सवै नेता तथा कार्यकर्ताहरुको ध्यानाकर्षण गराउनु भएको छ ।

    उहाँले अधिवेशनलाई उत्साहित हुदै साथीहरुका बीचमा हार्दिकता बढाउने अवसरका रुपमा उपयोग गर्न र प्रेमपूर्वक अधिवेशनसम्पन्न गर्न आग्रह गर्नुभयो ।

    एमसिसिका बारेमा सोधिएका प्रश्नमा नेता भण्डारीले जनताले प्रश्न उठाएको विषयमा जनतालाई प्रष्ट पारेर मात्रै अगाडि बढ्नु उपयुक्त हुने धारणा राख्नुभयो ।

    “जनतालाई वास्तविकता नबुझाइकन हुदैन, द्धन्द्धको विचमा पारित गर्नु हुदैन, हतार गर्नु हुदैन,” उहाँले भन्नुभयो ।

     


    आइतवार, भाद्र २० २०७८०८:५७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij