Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

संसद अधिवेशन भदौ २३ गते बोलाउन सरकारको सिफारिस

संसद अधिवेशन भदौ २३ गते बोलाउन सरकारको सिफारिस

  • शनिवार, भाद्र १९ २०७८

  • 842
    SHARES

  • संसद अधिवेशन भदौ २३ गते बोलाउन सरकारको सिफारिस

    काठमाडौँ – सरकारले भदौ २३ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

    शनिबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन भदौ २३ गते दिउँसो ४ बजे बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने प्रचलन छ । यसअघि सरकारले साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेको थियो ।

    त्यसको भोलिपल्ट दल विभाजनलाई सहज हुने गरी रजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार दल विभाजन भई नयाँ दर्ता भएका दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।

    त्यसको भोलिपल्ट सरकारले संसद अधिवेशन आह्वानको सिफारिस गरेको हो ।


    शनिवार, भाद्र १९ २०७८०५:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij