Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्री रहिरहने भए आचार्य र शाक्यले एमाले त्याग्नुपर्छ : रामकुमारी झाँक्री

मुख्यमन्त्री रहिरहने भए आचार्य र शाक्यले एमाले त्याग्नुपर्छ : रामकुमारी झाँक्री

  • शनिवार, भाद्र १९ २०७८

  • 1.2K
    SHARES

  • मुख्यमन्त्री रहिरहने भए आचार्य र शाक्यले एमाले त्याग्नुपर्छ : रामकुमारी झाँक्री

    विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे उनीहरुलाई नै विश्वासको मत दिने बताउनुभएको छ ।

    आज विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुबै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताउनुभयो । नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताउनुभयो ।

    एमाले विभाजन भएपछि एमालेले माधव नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।


    शनिवार, भाद्र १९ २०७८०३:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij