Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको वडा अधिवेशन आज पनि केही जिल्लामा

काँग्रेसको वडा अधिवेशन आज पनि केही जिल्लामा

  • शनिवार, भाद्र १९ २०७८

  • 556
    SHARES

  • काँग्रेसको वडा अधिवेशन आज पनि केही जिल्लामा

    काठमाडौं । नेपाली काँग्रेसको वडा अधिवेशन आज पनि केही जिल्लामा हुँदै छ । केन्द्रीय समितिले वडा अधिवेशन गर्ने मिति हिजोका लागि तोकेको भएपनि विभिन्न कारणले हुन सकेका केही जिल्लामा आज हुन लागेका हुन ।

    तयारी नपुगेका, बाढी पहिरो र बर्षाका कारण समस्या भएका वा अन्य कुनै कारणले वडा अधिवेशन गर्न नसकेका ठाउँमा यही भदौ २६ गतेसम्म कुनैदिन गर्न सकिने निर्वाचन समितिले व्यवस्था गरिदिएको छ ।

    अधिवेशन कुन दिन गर्ने भन्ने तय गर्ने अधिकार केन्द्रीय निर्वाचन समितिले जिल्लाका लागि खटाएका निर्वाचन अधिकृतलाई दिइएको छ ।
    हिजो र आज वडा अधिवेशन हुन नसकेका जिल्लामा भोलीदेखि २६ गतेसम्म पनि हुनसक्ने देखिएको छ ।

    आज कुन कुन जिल्लामा हुदैछ भन्ने एकिन विवरण भने प्राप्त भइनसकेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । उहाँले आज कुन कुन जिल्लामा वडा अधिवेशन भयो भन्ने विवरण बेलुकासम्ममा भने प्राप्त हुने सक्ने बताउनुभयो ।


    शनिवार, भाद्र १९ २०७८०९:१७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij