Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको स्याङजा जिल्ला सभापतिमा थापाले उम्मेदवारी दिने

काँग्रेसको स्याङजा जिल्ला सभापतिमा थापाले उम्मेदवारी दिने

  • शनिवार, भाद्र १९ २०७८

  • 784
    SHARES

  • काँग्रेसको स्याङजा जिल्ला सभापतिमा थापाले उम्मेदवारी दिने

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राजु थापाले स्याङजा जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

    आसन्न १४ औं महाधिवेशन अन्तर्गत हिजोबाट शुरु भएको वडा अधिवेशनका क्रममा नेता थापाले जिल्ला सभापति पदका लागि उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो ।

    थापाले आफ्नो वडा पुतलीबजार नगरपालिका वडा नं ४ को वडा अधिवेशनको कार्यक्रम मार्फत आफू नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापतिको लागि स्वतः उम्मेदवार भएको उल्लेख गर्नुभयो ।

    जिल्लाभित्रको कांग्रेसको संगठनलाई थप चुस्त बनाउन र पार्टीको संगठनलाई थप मजबुत बनाउन आफू जिल्ला सभापति बन्न चाहेको बताउनुभयो ।

    जिल्लामा सभापति पदका लागि धेरै आकाँक्षी रहेपनि थापाले आधिकारिक रुपमा पहिलो पटक उम्मेद्वारी घोषणा गर्नु भएको हो ।
    पार्टीभित्र रहेका तिक्तता न्युनिकरण गर्दैै सबैलाई एक बनाएर लैजान समेत आफ्नो उम्मेद्वारी महत्वपूर्ण रहने थापाको विश्वास छ ।

    लामो समय जिल्लाको राजनीतिमा सक्रिय रहेका थापाले दोश्रो संविधान सभाको निर्वाचनमा स्याङजा जिल्ला क्षेत्र नं १ बाट संविधान सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।


    शनिवार, भाद्र १९ २०७८०८:५३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij