Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

ओलीद्धारा एमाले निकट कानुन व्यवसायीको भेला आह्वान, संगठनका अध्यक्ष नै बेखवर

ओलीद्धारा एमाले निकट कानुन व्यवसायीको भेला आह्वान, संगठनका अध्यक्ष नै बेखवर

  • शुक्रवार, भाद्र १८ २०७८

  • 963
    SHARES

  • ओलीद्धारा एमाले निकट कानुन व्यवसायीको भेला आह्वान, संगठनका अध्यक्ष नै बेखवर

    काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)को आज बोलाइएको भेलाका कारण एमाले भित्र फेरि अर्को विवाद चर्किएको छ ।

    संगठनका अध्यक्ष रुद्रप्रसाद नेपाललाई जानकारी नै नदिई एमाले अध्यक्ष केपी शर्मा ओलीले संगठनको केन्द्रीय भेला आयोजना गरिदिएपछि विवाद चर्किएको हो ।

    एमालेको दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष नेपाललाई जानकारी नै नदिई अध्यक्ष ओलीले एकलौटी तरिकाले भेला बोलाएको भन्दै आपत्ति जनाएका छन् ।

    साथै अध्यक्ष नेपालले पनि आज बोलाइएको बेला आधिकारीक नभएको भन्दै भेलामा उपस्थीत नहुन आह्वान गर्नुभएको छ ।
    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा गर्न लागिएको भेलामा प्रमुख अतिथिका रूपमा अध्यक्ष ओलीले नै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    विवाद भएका संगठनहरुको विवाद मिलाउन भन्दै गठन गरिएको कार्यदललाई समेत जानकारी नदिई ओली समूहले भेला आयोजना गरेको हो ।

    संगठनका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य रघुजी पन्तले भेलाबारे कुनै जानकारी नभएको बताउनु भएको छ । पन्तले एकतर्फी भेला रोक्न आग्रह गर्दासमेत ओली समूहले नमानेपछि दोस्रो पुस्ताका नेता रुष्ट भएका छन् ।


    शुक्रवार, भाद्र १८ २०७८०९:१६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij