Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

चीनसँगको सिमा विवाद अध्ययन गर्न खोज्दा एमालेलाई आपत्ति

चीनसँगको सिमा विवाद अध्ययन गर्न खोज्दा एमालेलाई आपत्ति

  • शुक्रवार, भाद्र १८ २०७८

  • 982
    SHARES

  • चीनसँगको सिमा विवाद अध्ययन गर्न खोज्दा एमालेलाई आपत्ति

    काठमाडौं । चीनसँगको सिमाना विवादका बारेमा सरकारले अध्ययन गर्न खोज्दा एमालेले आपत्ति जनाएको छ ।

    चीनले नेपालका धेरै भूभाग मिचेको भन्दै लामो समयदेखि लगातार आवाज उठेपछि सरकारले केही दिन अगाडि सिमा विवाद अध्ययनका लागि समिति गठन गरेको हो ।

    तर एमालेका नेताहरुले भने चीनले नेपालको सिमाना मिच्दै नमिचेको र त्यसका लागि अध्ययन आवश्यक नै नरहेको दावी गरेका छन् ।

    एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले चीनले सिमाना मिच्यो भन्नु पुर्वाग्रह मात्रै भएको आरोप लगाउनुभयो ।

    काँग्रेस नेता तथा चीनसँगको सिमाना छोडिएको हुम्लाका सांसद जीवन बहादुर शाही नेतृत्वको एक टोलीले स्थलगत अध्ययन गरी चीनले सिमाना मिचेको भन्दै छानविन गर्न सरकारलाई आग्रह गरेको थियो ।

    तर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री भएको सरकारले स्थगलगत अध्ययन प्रतिवेदन अध्ययन नै नगरी प्रतिवेदनलाई चुनौती दिदै सिमाना नमिचिएको दावी गरेको थियो ।

    कुनै अध्ययन तथा आधार विना चीनले सिमाना मिच्न नसक्ने ओली सरकारले दावी गरेकोप्रति सर्वत्र विरोध समेत भएको थियो ।


    शुक्रवार, भाद्र १८ २०७८०९:१४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij