Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

चीनले सिमा मिचेको मेरो नांगो आँखाले देखेको छु: जीवन बहादुर शाही

चीनले सिमा मिचेको मेरो नांगो आँखाले देखेको छु: जीवन बहादुर शाही

  • शुक्रवार, भाद्र १८ २०७८

  • 1.3K
    SHARES

  • चीनले सिमा मिचेको मेरो नांगो आँखाले देखेको छु: जीवन बहादुर शाही

    काठमाडौं । चीनसँग सिमाना जोडिएको हुम्लाका सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय नेता जीवन बहादुर शाहीले चीनले नेपालको सिमाना मिचेको आफ्नै आखाँले देखेको दावी गर्नु भएको छ ।

    विगतमा आफैले बाटो बनाएको, भोगचलन गरेको र सिमाना वारी नै रहेको ठाउँमा अहिले चिनियाँ अतिक्रमण भएको उहाँको भनाई छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “चीनले नेपाली भूभाग मिचेको मैले नांगो आँखाले देखेको छु, त्यसका बारेमा निश्पक्ष छानविन गर्न मैले माग गर्दै आएको छ ।”

    उहाँले आफ्नो लगातारको मागपछि सरकारले उच्चस्तरीय छानविन समिति बनाएकोमा धन्यवाद दिदै यसले विवाद अन्त्य गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

    “चीनले सिमाना मिचिरहने, हामी चुप लागेर सहीरहने हो भने कहिले पनि समस्याको समाधान हुदैन, विवाद झन बल्झीदै जान्छ र दुई देशबीचको सम्वन्ध थप बिग्रिन्छ,” नेता शाहीले भन्नुभयो । स्थगलगत अवलोकन नगरी काठमाडौमा बसेर चीनले सिमाना नमिचेको दावी गर्नेहरुलाई उहाँले स्थलगत अवलोकन गर्न आग्रह पनि गर्नुभयो ।

    चीन रिसाउछ की भन्ने नाममा आफ्नो भूमि मिचिदा पनि मिचिएको छैन भन्नेहरुलाई उहाँले स्थलगत अवलोकन गरेर मात्रै निश्कर्ष निकाल्न सुझाव पनि दिनुभयो । उहाँले चीनले भूमि मिचेको छैन भनेर दावी गर्ने नेताहरुलाई आफ्नै खर्चमा हेलिकोप्टरमा सिमा क्षेत्रमा लैजान तयार रहेको जानकारी पनि दिनुभयो ।


    शुक्रवार, भाद्र १८ २०७८०८:५७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij