विराटनगर । जिल्लागत रूपमा प्रदेश १ मा सबैभन्दा धेरै झापामा कोरोना संक्रमित फेला परेका छन् । प्रदेश १ मा ६०४ जना संक्रमित फेला परेकामा ४०० जना उपचारपछि घर फर्किएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार झापामा कुल २४२ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अधिकांश भारतबाट आएका हुन् । केही विदेशबाट आएकाहरू छन् । पछिल्लोपटक झापामा देखिएका संक्रमितमा रोजगारीको सिलसिलामा कुवेत गई त्यहाँबाट फर्किएका महिला छन् ।
झापामा ३४ महिला र २०८ पुरुषमा कोरोना संक्रमण देखिएको छ । सबैभन्दा धेरै भारत सीमानजिकैको कचनकवल गाउँपालिकामा संक्रमित फेला परेका छन् । उनीहरू सबै उपचारपछि फर्किसकेका छन् । झापाका २०८ मध्ये १७२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।
कोरोना संक्रमित संख्याको दृष्टिले मोरङ दोस्रो नम्बरमा छ । यो जिल्लामा जम्मा १५५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २० महिला र १३५ जना पुरुष छन् । ९५ जना उपचारपछि घर फर्किसकेका छन् ।
सुनसरीमा ८९ जनामा कोरोना देखिएको छ । तीमध्ये उपचारबाट ठीक भई ५९ जना घर फर्किसकेका छन् । सुनसरीमा १८ महिला ७१ पुरुषमा संक्रमण देखिएको छ ।
उदयपुरमा देखिएका ६७ संक्रमितमध्ये ४१ जना रोग जितेर घर फर्किएका छन् । प्रदेश १ मा सबैभन्दा पहिले गत वैशाख ६ गते एकैपटक उदयपुरको भुल्केमा १२ संक्रमित फेला परेका थिए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले भुल्के र झापाको कचनकवलको संक्रमण पूर्ण नियन्त्रणमा आएको छ ।