काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माको राजीनामा पछि दलित नेता कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । नेपाल दलित संघ काठमाडौंका नेता कार्यकर्ताहरूले धर्ना दिएका हुन् ।
धर्नासँगै उनीहरुले पार्टी नेतृत्वसमक्ष ५ बुँदे माग समेत अघि सारेका छन् । पार्टी केन्द्रीय सदस्य तथा दलित अगुवाहरु मानबहादुर विश्वकर्मा र जीवन परियारले धर्नाको नेतृत्व गरेका छन् ।
उनीहरूको मागप्रति काँग्रेस नेतृ सुजाता कोइरालाले समर्थन जनाउनुभएको छ । कोइरालाले उनीहरुका माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । धर्नामा काठमाडौँमा उपस्थित काँग्रेसका दलित नेता कार्यकर्ता सहभागी छन् ।
नेपाल दलित संघका अध्यक्ष समेत रहनुभएका नेता मीन विश्वकर्माले महाधिवेशन प्रतिनिधि चयनमा दलितलाई उचित स्थान नदिएकोप्रति असन्तुष्टि जनाउँदै बुधबार दुबै पदबाट राजीनाको घोषणा गर्नुभएको थियो ।
यस्ता छन् ५ बुँदे माग :
