Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सिडिओलाई गृहमन्त्रीको फोन, बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

सिडिओलाई गृहमन्त्रीको फोन, बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

  • बिहिवार, भाद्र १७ २०७८

  • 685
    SHARES

  • सिडिओलाई गृहमन्त्रीको फोन, बाढी–पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर पहिरोले गरेको क्षतिबारे जानकारी लिनुभएको छ । कास्कीका सिडिओ थानेश्वर गौतम र तनहुँका सिडिओ सागर आचार्यलाई फोन गरेर गृहमन्त्रीले पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिनुभएको छ ।

    दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग बिहान भएको कार दुर्घटनाबारे जानकारी लिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खाणले प्राकृतिक विपतमा परेकाहरुको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

    तनहुँको भानु नगरपालिका–११ स्थित माने चौकामा सुख्खा पहिरो जाँदा दलित परिवारका १२ घर जोखिममा परेका छन् । कास्कीको पोखरा महानगरपालिका–२० र २१ मा गएको पहिरोमा परेर ५ जनाको निधन भएको छ । एक जना बेपत्ता भएका छन् ।

    यस्तै, दाङमा सिस्ने खोलाले कार बगाउँदा घोराही उपमहानगरपालिका बस्ने बिमला केसी, राधा कुँवर, नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रजिअ कुरुम्बाङले मन्त्री खाणलाई जानकारी गराउनुभएको छ ।


    बिहिवार, भाद्र १७ २०७८०२:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij