Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गयो एमाले

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गयो एमाले

  • बुधवार, भाद्र १६ २०७८

  • 504
    SHARES

  • सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत गयो एमाले

    काठमाडौँ –नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

    एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको हो ।

    पार्टीले १ भदौमा १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाए पनि सभामुखले रोकेर राखेको र पछि कारबाही नहुने भनी गरेको निर्णय कानून विपरीत रहेको भन्दै एमालेले सभामुखको निर्णय बदर गर्न माग गरेको छ ।

    यसैगरी दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरेको छ ।

    एमालेले निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पुर्‍याएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको दावी गरेको छ ।

    यसैगरी नेकपा एकीकृत समाजवादी दर्ता गर्दा दिल्लीमा रहेका झलनाथ खनालको समेत वारेसमार्फत सनाखत गरिएको भन्दै एमालेले निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरेको छ ।

    नेकपा एमालेले दर्ता गराएको तेस्रो रिट निवेदनमा लुम्बिनी प्रदेशका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई पार्टीले कारबाही गर्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको तर सभामुखले कारबाही नगरेको भन्दै सभामुखको निर्णय बदर गर्न माग गरिएको छ ।


    बुधवार, भाद्र १६ २०७८०४:५८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij