Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

  • बुधवार, भाद्र १६ २०७८

  • 863
    SHARES

  • सभामुख सापकोटा विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी सरेको छ । बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो । रिट निवेदक मध्येका एक कनकमणि दीक्षितले एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको पेसी सरेको बताए ।

    काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ ।

    सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो। सापकोटाविरुद्ध काभ्रेकी पुर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेशीमा चढेको हो।

    हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ। २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन्।


    बुधवार, भाद्र १६ २०७८०२:५३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij