Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले सुरु गरे ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’

प्रधानमन्त्रीले सुरु गरे ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’

  • बुधवार, भाद्र १६ २०७८

  • 717
    SHARES

  • प्रधानमन्त्रीले सुरु गरे ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर अभियान शुभारम्भ गरिएको हो ।

    विष्णुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा कपुर, समी, क्यालेण्ड्रा, टिकोमा, करविर र बगमवेली बिरुवा रोपिएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

    निजामती सेवा दिवसकै सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्न आग्रह गरेको छ । निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ । निजामती सेवा दिवसको आगामी पाँच वर्ष (२०७८–२०८२) को नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ निर्धारण गरिएको छ ।


    बुधवार, भाद्र १६ २०७८०२:४१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij