Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

तुइन घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा: प्रतिवेदन

तुइन घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा: प्रतिवेदन

  • बुधवार, भाद्र १६ २०७८

  • 609
    SHARES

  • तुइन घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा: प्रतिवेदन

    काठमाडौं । तुइन तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनाको सम्बन्धमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

    गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले आज गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

    प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको संलग्नतामा तुइन काटिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारवाही गर्न तथा धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ ।

    साथै धामीका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरेको छ । धामी गत १५ साउनम भारत जाने क्रममा व्यास–२ मा अवस्थित मालघाटबाट तुइनको प्रयोग गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएका थिए ।

    घटनापछि सरकारले १७ साउनमा सहसचिव गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।


    बुधवार, भाद्र १६ २०७८०६:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij