Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

  • मंगलवार, भाद्र १५ २०७८

  • 647
    SHARES

  • सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

    धनगढी – सुदूरपश्चिममा नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

    तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

    राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो ।

    निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

    सूदुरपश्चिममा मंगलबार १० सांसदले प्रादेशिक निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका छन् ।

    एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरी छन् ।

    निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।

    एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सांसद पूर्णा जोशीले सांसदको संख्या १४ भन्दा बढी हुने बताउनुभयो ।

    ‘नागरिकता लगायतका डकुमेन्ट नभएकाले सबै आउन सक्नुभएन,’ कानूनमन्त्री जोशीले भन्नुभयो, ‘हाम्रो संख्या १४ भन्दा घट्दैन ।’


    मंगलवार, भाद्र १५ २०७८०५:३७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij