काठमाडौं । नयाँ मन्त्रीहरुको बारेमा टुंगो लगाउन सत्तारुढ दलका नेताहरुले आज पनि आन्तरिक तथा बहुपक्षीय छलफल गर्न लागेका छन् ।
मन्त्रीपरिषद विस्तारकै बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा अहिले विहान नौ बजेपछि सत्तारुढ दलका शिर्ष नेताहरुको संयुक्त बैठक बोलाइएको छ ।
शिर्ष नेताहरुका बीचमा मन्त्रालयको बाँडफाँडको विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ । कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लगाउन अहिले शिर्ष नेताहरुको बैठक बस्न लागेको हो,प्रधानमन्त्रीको नीजि सचिवालयका एक सहयोगीले भने ।
पार्टीहरुले पाउने मन्त्रालयको टुंगो लागेपछि उनीहरुले पठाउने मन्त्रीहरुको छनौट गर्न पनि सजिलो हुने भएकाले पहिला मन्त्रालयको टंगो लगाउन खोजिएको जनाइएको छ ।
त्यसैगरी कुन पार्टीले कति मन्त्रालय पाउने भन्ने बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
आज मन्त्रालयको बागबण्डा मिलेपछि आजै पार्टीहरुले आन्तरिक रुपमा मन्त्रीहरुको टुंगो लगाउने संभावना रहेको नेताहरुले जानकारी दिएका छन् ।
दलहरुले आज भोलीमा मन्त्री बनाउने नेताहरुको टुंगो लगाएपछि भोली वा पर्सीसम्ममा सरकार विस्तार हुने अपेक्षा गरिएको छ ।