Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शान्तिप्रियको मौलिक तीज गीत ‘फूलै फूल्यो तिउरी’ मा अनामीका र झरना (भिडियोसहित)

शान्तिप्रियको मौलिक तीज गीत ‘फूलै फूल्यो तिउरी’ मा अनामीका र झरना (भिडियोसहित)

  • मंगलवार, भाद्र १५ २०७८

  • 1.5K
    SHARES

  • शान्तिप्रियको मौलिक तीज गीत ‘फूलै फूल्यो तिउरी’ मा अनामीका र झरना (भिडियोसहित)

    काठमाडौं । वरिष्ठ संचारकर्मी तथा गीतकार शान्तिप्रियको मौलीक तीज गीत ‘फूलै फूल्यो तिउरी’ सार्वजनिक भएको छ । सोमबार मात्रै भिडियोसहित सार्वजनिक गीतमा दुर्गा परियारको स्वर रहेको छ भने शान्तिप्रियको शब्द रहेको छ । साथै गीतमा ज्योती प्रकाशको संगीत रहेको छ ।

    विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर सो गीत सार्वजनिक गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको ।

    फूलै फूल्यो तिउरी टिपी कानमा सिउरीए

    स्वामी राजा मुस्कुराए लाजैले म निहुरीए

    वरीलै तीजैको रहर

    कोही गाउँछन् संगी कोही नाच्छन् संगी

    वरिलै खुलेर गाउँ सहर !!

    गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन् । गत वर्ष देखी एकै साथ ३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामीका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ ।

    भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् । भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने शान्तीप्रियको रहेको छ ।

    गीतमा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन् ।

     

     
     
     
     
     

     


    मंगलवार, भाद्र १५ २०७८०६:४४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij