Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

गगन थापाको घोषणाः ‘१४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्छु’

गगन थापाको घोषणाः ‘१४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्छु’

  • सोमवार, भाद्र १४ २०७८

  • 706
    SHARES

  • गगन थापाको घोषणाः ‘१४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्छु’

    काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

    आज काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।

    १३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बन्नुभएको थियो । कांग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित हुनुभएको थियो । यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताउनुभयो ।

    थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।


    सोमवार, भाद्र १४ २०७८०२:४२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij