Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी फेरबदल

प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी फेरबदल

  • आइतवार, भाद्र १३ २०७८

  • 778
    SHARES

  • प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी फेरबदल

    काठमाडौँ । प्रदेश नम्बर २ मा मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।

    मुख्यमन्त्री लालबाबु राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन् । अर्थ मन्त्रालयको जिम्मेवारी शैलेन्द्र कुमार साहले पाएका छन् । यस अघि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका शैलेन्द्र कुमार साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    यस्तै जसपा प्रदेश समितिका अध्यक्ष समेत रहेका विजयकुमार यादवले साहले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
    मुख्यमन्त्री राउतले जिम्मेवारी हेरफेरको जानकारी मन्त्रीहरूलाई दिइसकेको पूर्व राज्यमन्त्री सरोज सिंह कुश्वाहाले बताए ।

     


    आइतवार, भाद्र १३ २०७८०१:५१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij