काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा र स्वास्थ्यमा काम गर्नेहरुको भावना र सोच नै सेवामूलक हुनुपर्ने बताउनु भएको छ ।
उहाँले यसमा लागेकाहरुले कमाउँछु भन्दापनि सेवा गर्छु भन्ने भावना बोक्नुपर्ने सुझाव दिनुभयो । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले शिक्षा र स्वास्थ्यमा धेरै व्यापार गर्न नहुने पनि धारणा राख्नुभयो ।
आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा आएसँगै धेरै कुरा बुझेको र योजनापनि अघि सारेको उहाँले जानकारी दिनुभयो ।
राज्यमन्त्री श्रेष्ठले चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सहकार्य गर्न, उहाँको सुझावहरुलाई कार्यान्वयन गर्न÷गराउन आफू तयार रहेको स्पष्ट पार्नुभयो ।
विगतमा आफु लामो समय नीजि तथा व्यवसायीक कामबाट सेवा गर्ने गरेपनि अहिले भने राज्यको जिम्मेबारीबाट सेवामा लागेको बताउनुभयो ।
आफुलाई कमाउनु पर्ने आवश्यकता नरहेकाले राज्य शक्तिको दुरुपयोग होला भन्ने कत्ति पनि शंका नगर्न उहाँले सवैलाई आह्वान गर्नुभयो । आम नागरिकबाट भइरहेको खवरदारीप्रति भने आफु सकारात्मक रहेकाले राज्य मन्त्री श्रेष्ठको भनाई छ ।