Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पदलोलुपताबारे ओली, प्रचण्ड र माधवको जुहारी

पदलोलुपताबारे ओली, प्रचण्ड र माधवको जुहारी

  • शनिवार, भाद्र १२ २०७८

  • 1.1K
    SHARES

  • पदलोलुपताबारे ओली, प्रचण्ड र माधवको जुहारी

    काठमाडौँ – नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै आफूलाई छाडेर एमालेमा बसेका नेताहरुलाई आफूसँगै आउन आह्वान गर्नुभएको छ ।

    पेशागत महासंघ नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी विभाजनपछि एमालेमै रहेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको बताउनुभयो ।

    दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न अहिले नै तयार रहेको र केही वर्षमा आफू राजनीतिबाटै बिदा हुने उहाँले बताउनुभयो । आफूलाई पदका लागि पार्टी फुटाएको भन्ने आरोपको खण्डन गर्दै नेपालले यो पदको नभई विचारको लडाई रहेको दोहो¥याउनुभयो ।

    तर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो सानो घरको मात्रै भए पनि राजा हुन चाहना राख्नेहरुले नेतृत्व हस्तान्तरणका कुरा गर्न नसुहाउने आशय व्यक्त गर्नुभयो ।

    माधव नेपाललाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको सुलोचना महाकाव्यका एक पात्रसँग तुलना गर्दै ओलीले सानो घरको भए पनि राजा हुनका लागि माधव नेपालले पार्टी फुटाएको टिप्पणी गर्नुभयो ।

    ओलीले जसरी पनि पार्टी फुटाएर अध्यक्ष बन्छु भन्ने निर्णयमा पुगेका माधव नेपाललाई जति सम्झाए पनि केही सिप नलागेको बताउनुभयो ।

    उहाँले माधव नेपालहरु एमालेबाट बाहिरिए पनि एमालेलाई केही फरक नपर्ने बताउनुभयो । केही पातहरु पहेँला भएर झर्दैमा रुख नढल्ने उहाँले बताउनुभयो ।

    तर यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने पदका लागि लोभी पापी नेता केपी ओली नै रहेको आरोप लगाउनुभयो ।

    पार्टी एकता गर्दा आलोपालो अध्यक्ष र प्रधानमन्त्री बन्ने तमसुक गरेर ओलीले ठगी धन्दा गरेको प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री बन्नकै लागि ओलीले झुठो तमसुकमा हस्ताक्षर गरेको प्रचण्डले बताउनुभयो ।

    सत्तामा पुग्न जुनसुकै तिगडम गर्न तयार हुने नेपालका नेताहरुको प्रवृत्ति छ । तर आफू अरु जस्तो नभएको भनेर भाषण गर्न भने उनीहरु कहिल्यै छुटाउँदैनन् ।

    यसअघि अबको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आउनुभएका एमाले अध्यक्ष ओली फेरि पनि आफ्नो विकल्प नभएको बताउन थाल्नु अन्तिम समयसमम्म पदमा बसिरहन लालायित हुने नेपाली नेताहरुको मनोदशाको ताजा उदाहरण हो । ओलीसहित शेरबहादुर देउवा र प्रचण्ड लगायतका अरु शिर्ष नेताहरुको पनि प्रवृत्ति उही छ ।


    शनिवार, भाद्र १२ २०७८०७:४२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij