Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लेवल एउटा रक्सी अर्कैः प्रचण्ड

लेवल एउटा रक्सी अर्कैः प्रचण्ड

  • शनिवार, भाद्र १२ २०७८

  • 837
    SHARES

  • लेवल एउटा रक्सी अर्कैः प्रचण्ड

    काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भविष्यमा मुलुक प्रतिक्रान्ति र प्रतिगमनमा नजाओस् भनी कामना गर्नुभएको छ । उहाँले माओवादीले शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाट समाजवादमा लाग्नुपर्ने बताउनुभयो।

    उहाँले बन्दुक समातेर होइन अब औजार समातेर जनतासँग जोडिएर उनीहरूको सेवा गर्नुपर्ने दिन आएको बताउनुभयो।

    ‘जनपरिचालनलाई नयाँ उचाइमा उठाएर ज्ञान र प्रविधिलाई प्रयोग गरी समाजवादी क्रान्ति गर्नु छ,’ शनिबार वाइसीएल नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो।

    उहाँले विचारमा मौलिकता दिन नसक्ने र आदर्शको निम्ति नलड्ने हो भने माओवादीको अस्तित्व नरहने बताउनुभयो।

    ‘हामी पनि अरु राजनीतिक दलजस्तै हो भने किन अलग्गै पार्टी हुनपर्यो, त्यहीँ गएर बसे भयो नि,’ उहाँले भन्नुभयो।

    त्यसकारण जनतालाई झुठ नबोल्ने, नठग्ने, मुखले एकथरी र व्यवहारले उल्टो गर्ने प्रवृत्ति त्याग्नुपर्ने उहाँले बताउनुभयो।

    उहाँले आफूहरू सिधा सिधा बुझ्ने भन्दै खासगरी एमाले केपी ओली प्रवृत्ति पछिल्लोपटक सहनुपरेको बताउनुभयो।

    ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिनँ, ओली कति राम्रो कुरा गर्थे,’ उहाँले भन्नुभयो, ‘के को लागि भनेको छ भ्रष्टाचार छोप्नको लागि पो भन्नु हुँदोरहेछ। लेवल एउटा रक्सी अर्कै राख्नुहुँदो रहेछ।’

    ओलीसँग सहकार्य गरेर आफूलाई बेकार भने नलागेको उहाँले बताउनुभयो।

    ‘कतिपयले बेकार एकता गरेछ भन्ने पनि भन्लान्, लागेको होला। मलाई लागेको छैन। कुरा राम्रै थियो, अध्यक्ष पनि प्रधानमन्त्री पनि पालोपालो। ठगी धन्दा रहेछ। तमसुकमा सही गरेपछि हुन्छ होला भन्ने भयो। लगेको लगै पारे,’ उहाँले भन्नुभयो।

    पाँच राजनीतिक दलीय गठबन्धनको मिटिङमा अरू राजनीतिक दलका नेताले आफूलाई ओलीसँग सहकार्य गरेर के पाउनुभो भनी सोध्ने गरेको प्रचण्डले बताउनुभयो।

    ‘मैले ज्ञान प्राप्त गरेर आएँ भने। त्यो ज्ञान कांग्रेसलाई र माधवजीलाई पनि काम लाग्छ। ज्ञान चाहिँ प्राप्त भयो,’ उहाँले भन्नुभयो।

    तर, आफूहरू घिउभन्दा नरम कोमल पनि र साह्रै अत्याचार भएपछि विद्रोह गर्ने कठोर पनि रहेको उहाँल्े बताउनुभयो।

    ‘बेइमानी, जालझेल छलकपड लाई हामीले नै विद्रोह गर्‍यौँ। परास्त कसले गर्‍यो त? वादशाहलाई घोडाबाट ढालियो नि,’ उहाँले भन्नु्भयो।


    शनिवार, भाद्र १२ २०७८०५:१२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij