Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारलाई पूर्णता दिनेबारे छलफल

प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारलाई पूर्णता दिनेबारे छलफल

  • शनिवार, भाद्र १२ २०७८

  • 628
    SHARES

  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारलाई पूर्णता दिनेबारे छलफल

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

    भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिनुभयो । लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् ।


    शनिवार, भाद्र १२ २०७८०३:५५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij