Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदै छन् : महेश बस्नेत

माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदै छन् : महेश बस्नेत

  • शनिवार, भाद्र १२ २०७८

  • 614
    SHARES

  • माधव नेपालले सांसदहरुलाई देउवाको पाउमा चढाउँदै छन् : महेश बस्नेत

    कामाठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको टिप्पणी गर्नुभएको छ ।

    आज युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उहाँले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताउनुभयो ।

    माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले आरोप लगाउनुभयो । ‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो, त्यतिबेला केपी ओलीले रोक्नुभयो’ उहाँले भन्नुभयो ।

    सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह पनि गर्नुभयो ।


    शनिवार, भाद्र १२ २०७८०३:४६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij