Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
कांग्रेस महाधिवेशन

संस्थापन पक्षभित्र नेतृत्वको उम्मेदवारीबारे सहमति जुट्ने दाबी

संस्थापन पक्षभित्र नेतृत्वको उम्मेदवारीबारे सहमति जुट्ने दाबी

पार्टीको बजबुतीका लागि सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा
  • शुक्रवार, भाद्र ११ २०७८

  • 763
    SHARES

  • संस्थापन पक्षभित्र नेतृत्वको उम्मेदवारीबारे सहमति जुट्ने दाबी

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा पार्टीको नेतृत्व लिन को सफल होला भन्ने अहिले आमचासोको बिषयमा बनेको छ । क्रियाशील सदस्याता लगायतको विवादमा अल्झिएको कांग्रेसले आउँदो मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

    यअसघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । तर कांग्रेसभित्र लामो समयदेखि जारी क्रियाशील सदस्यता विवादमा सहमति जुट्न सकेको छैन भने संस्थापन र संस्थापन इतर समूहबीच पार्टीको नेतृत्व कसले लिने ? कुन पक्षले कसलाई सहयोग गर्ने भन्नेमा पनि विवाद कायमै छ ।

    प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने इच्छा व्यक्त गर्नुभएको छ भने विगतमा उहाँकै विश्वास पात्रका रुपमा चिनिनुभएका उपसभापति विमलेन्द्र निधिले पनि आफू कुनै पनि हालतमा पछि नहट्ने भन्दै सम्पर्क कार्यालय नै स्थापन गरेर आफूले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    आज नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा सम्पर्क कार्यालय स्थापना गर्दै उपसभापति निधिले कांग्रेसलाई एकतावद्ध गर्न र आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनकै लागि भएपनि आफू सभापति हुन आवश्यक रहेको औल्याउनुभयो । आफू कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषणा गर्न नभइ कांग्रेसलाई नै मजबुत बनाउन आफूले सभापतिको उम्मेदवारी दिन लागेको निधिले स्पष्ट पार्नुभयो ।

    संस्थापन पक्षकै नेताहरुले पनि उपसभापति निधिले उम्मेदवारी घोषणा गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन् । लोकतान्त्रिक पार्टीमा नेताहरुले विचार व्यक्त गर्न, उम्मेदवारी दिन स्वातन्त्र भएकाले यसलाई अस्वभाविक मान्न नहुने सभापति देउवानिकट नेता प्रकाशरण महतको भनाइ छ । यद्यपि वर्तमान सभापति देउवाले पनि पुनः सभापतिमा उम्मेदवारी दिने उहाँले बताउनुभयो ।

    नेता महतले महाधिवेशनसम्ममा संस्थापन पक्षमा सहमति हुन सक्ने दाबी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘महाधविशनको समय मंसिर आउन अझै समय छ, त्यसबेला सम्ममा सहमति हुन पनि सक्छ । त्यसबेलासम्ममा अहिले उठ्ने भनेकाबीच सहमति हुन पनि सक्छ भने अहिले थाहा नभएकाहरु पनि उठ्न सक्छन् नी ।’

    संवैधानिक प्रावधानअनुसार राजनीतिक दलले कम्तिमा ५ वर्षभित्रमा एक पटक पदाधिकारीको निर्वाचन गर्नुपर्ने हुन्छ । तर कांग्रेस यसमा असफल भइसकेको छ । तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने उल्लेख छ । संविधानको यो व्यवस्थाअनुसार कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय छ ।

    पार्टीभित्र विभिन्न समस्या रहेको र ती समस्यालाई सबै पक्षको चित्त बुझ्ने गरी सुल्झाएर अघि बढ्नुपर्ने संस्थापन इतर पक्षका नेताहरुको जोड छ । आज बसेको वरिष्ठ नेता पौडेल पक्षको बैठक पछि नेता मिनेन्द्र रिजालले सबैको चित्त नबुझाइ अगाडी बढ्न उचित नहुने भन्दै संस्थापन पक्षको ध्यानाकर्षण गराउनुभयो ।

    महाधिवेशनको कार्यतालिकामा सहमति जुटेसँगै अहिले कांग्रेसभित्र गुटगत भेला, लञ्च मिटिङदेखि बैठक, छलफल तथा भेटवार्तामा नेताहरुले दौडधुप गरिरहेका छन् । नेतृत्व हत्याउनकै लागि भइरहेका कांग्रेस नेताहरुको यो दौडधुप कसको चाहिँ उपलब्धिमूलक सावित होला त ? त्यो भने हेर्न बाँकी छ ।

     

     

     


    शुक्रवार, भाद्र ११ २०७८०७:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij