Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता आलमको मुद्दामा आज पनि भएन सुनुवाइ

कांग्रेस नेता आलमको मुद्दामा आज पनि भएन सुनुवाइ

  • शुक्रवार, भाद्र ११ २०७८

  • 987
    SHARES

  • कांग्रेस नेता आलमको मुद्दामा आज पनि भएन सुनुवाइ

    काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन । बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाइ हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाइ नभई थन्किएको हो ।

    विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाइ हुन नसकेको हो । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

    रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए । रौतहटबाट प्रतिनिधिसभा निर्वाचनमा समेत विजयी भएका उनी पक्राउ परेपछि उनको सांसद पद निलम्बन गरिएको छ ।


    शुक्रवार, भाद्र ११ २०७८०३:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij