Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो : माधव नेपाल

नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो : माधव नेपाल

ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको
  • बिहिवार, भाद्र १० २०७८

  • 676
    SHARES

  • नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो : माधव नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको बताउनुभएको छ । नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले ओलीले नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाध्यताबस नयाँ पार्टी गठन गरेको बताउनुभएको हो ।

    नेपाल र विश्वको इतिहासमा समेत दक्षिणपन्थीहरुको ज्यादतीबाट विद्रोह गर्ने चलन रहेको भन्दै आफुहरुले पनि त्यसै गरेको बताउनुभयो । आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको दावी समेत गर्नुभयो ।

    ‘हामीसँग पार्टीलाई क्रान्तिकारी दिशामा लैजाने क्रान्तिकारी कार्यकर्ता छन् । ओलीबाट पीडित भएकाहरु हिमाल तराईका कार्यकर्ता, विभिन्न तहका कार्यकर्ताको पंक्तिले ओलीको समूहबाट विद्रोह गरेर समाजवादीमा समाहित भएको घोषणा गरिरहेका छन्’ नेता नेपालको भनाइ छ ।

    एमाले अध्यक्ष ओली नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि ओलीले पार्टी कब्जा गर्न खोजेको भन्दै अध्यक्ष नेपालले एमालेभित्रका क्रान्तिकारी कार्यकर्तालाई जोगाउन र कम्युनिस्ट आन्दोलन जोगाउन, लोकतन्त्र राष्ट्रिय स्वाधिनता र सुशासनको मान्यता लागू गर्न नयाँ पार्टी गठन गरेको दावी गर्नुभयो । उहाँले ओली अग्रगमनका बाधक र प्रतिगमनका बाहक रहेको निष्कर्षपछि आफुले काँग्रेस, माओवादी, जसपासँग कुरा गरेर नयाँ मोर्चा बनाएर ओलीलाई फाल्न सफल भएको बताउनुभयो ।


    बिहिवार, भाद्र १० २०७८०३:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij