Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न संसदीय समतिको निर्देशन

दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न संसदीय समतिको निर्देशन

  • बिहिवार, भाद्र १० २०७८

  • 952
    SHARES

  • दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न संसदीय समतिको निर्देशन

    काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न र कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

    यस्तै पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि समितिको निर्देशन छ । गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीले तुइन खोलिदिएको बताइएको छ । त्यसपछि उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

    संसदीय समितिले व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ । दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि समितिले निर्देशन दिएको छ ।

     


    बिहिवार, भाद्र १० २०७८०२:४४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij