Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images
प्रदेश एक

नवनियुक्त मुख्यमन्त्री अचार्यको दाबी : आफैं बहुमत पुर्‍याउँछौं

नवनियुक्त मुख्यमन्त्री अचार्यको दाबी : आफैं बहुमत पुर्‍याउँछौं

  • बिहिवार, भाद्र १० २०७८

  • 897
    SHARES

  • नवनियुक्त मुख्यमन्त्री अचार्यको दाबी : आफैं बहुमत पुर्‍याउँछौं

    बिराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले बहुमत जोगाउने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन ।

    यदि ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले भने प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् ।

    बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पु¥याउँछौं ।’ उनले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने समेत बताएका छन् ।


    बिहिवार, भाद्र १० २०७८०१:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij