काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दाबी गर्नुभएको छ।
बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुग्नुभएका उहाँले पत्रकारसँगको कुराकानीमा भन्नुभयो, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ ।’
कसरी ठूलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतक दलबीच एकता हुन्छ।’
तर केपी शर्मा ओली अध्यक्ष हुँदासम्म भने एमालेसँग एकता र सहकार्य नहुने चौधरीले बताउनुभयो।