Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेकपा (एकीकृत समाजवादी) दर्ताको सनाखत सकियो, ३० सांसद र ५५ केन्द्रीय सदस्यको हस्ताक्षर

नेकपा (एकीकृत समाजवादी) दर्ताको सनाखत सकियो, ३० सांसद र ५५ केन्द्रीय सदस्यको हस्ताक्षर

  • बुधवार, भाद्र ९ २०७८

  • 883
    SHARES

  • नेकपा (एकीकृत समाजवादी) दर्ताको सनाखत सकियो, ३० सांसद र ५५ केन्द्रीय सदस्यको हस्ताक्षर

    काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए ।

    सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

    पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल भएको बताइएको छ ।


    बुधवार, भाद्र ९ २०७८०३:१७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij