Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

लोसपा दर्ताको लागि आयोगले गराएको सनाखतमा यी १४ सांसदले गरे हस्ताक्षर

लोसपा दर्ताको लागि आयोगले गराएको सनाखतमा यी १४ सांसदले गरे हस्ताक्षर

  • बुधवार, भाद्र ९ २०७८

  • 665
    SHARES

  • लोसपा दर्ताको लागि आयोगले गराएको सनाखतमा यी १४ सांसदले गरे हस्ताक्षर

    काठमाडौँ । महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा १४ सांसदले हस्ताक्षर गरेका छन् ।

    सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।

    १४ सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ ।

    यी हुन लोसपा दर्ताका लागि सनाखत गर्ने १४ सांसद

    महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह


    बुधवार, भाद्र ९ २०७८०३:१०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij