काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार लामो समयपछि भोली विस्तार हुने संभावना देखिएको छ । नेकपा एमालेको माधव नेपाल समुहका कारण अवरुद्ध हुदै आएको सरकार विस्तार कार्य भोली हुने संभावना रहेको नेपाल समूहका नेता राजेन्द्र पाण्डे जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले सरकारमा जाने बारे सायद आज बेलुका टुंगो लागेर भोली विस्तार हुने बताउनुभयो ।
मन्त्रीपरिषद्मा पठाउनेहरुको नामावली पनि भोली नै टुंगो लाग्ने पनि नेता पाण्डेले जानकारी दिनुभयो ।
आफुनो नयाँ पार्टीका लागि संभवतः छ मन्त्रालय भागमा पर्ने र राम्रो काम गर्न सक्ने र विश्वासीला नेताहरुलाई सरकारमा पठाइने उहाँले बताउनुभयो ।
नेपाल समूहले गठन गरेको नयाँ पार्टीले आज निर्वाचन आयोगबाट औपचारिक रुपमा प्रमाणपत्र प्राप्त गर्ने कार्यतालिका रहेको छ । दल विभाजन गर्नका लागि कम्तीमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद चाहिने अध्यादेशको व्यवस्था अनुसार २० प्रतिशत प्रमाणीत गर्न नयाँ दलका नेताहरु आज विहान ११ बजे निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको छ ।
उनीहरुले २० प्रतिशत पुर्याएमा नेकपा एकिकृत समाजवादी पार्टीले औपचारिकता पाउने र उनीहरु सरकारमा सहभागी हुने भएका हुन ।