Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
माधव नेपालको आलोचना

उग्र आलोचक एमाले नेताहरुद्वारा अध्यक्ष ओलीसमक्ष 'आत्मसमर्पण'

उग्र आलोचक एमाले नेताहरुद्वारा अध्यक्ष ओलीसमक्ष 'आत्मसमर्पण'

  • सोमवार, भाद्र ७ २०७८

  • 1.6K
    SHARES

  • उग्र आलोचक एमाले नेताहरुद्वारा अध्यक्ष ओलीसमक्ष 'आत्मसमर्पण'

    काठमाडौँ – नेकपा एमालेको आन्तरिक संघर्षमा माधवकुमार नेपाललाई साथ दिएका नेताहरुले अन्ततः अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेका छन् ।

    भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लयागत ओलीका उग्र आलोचकहरु अन्ततः एमाले छाड्न नसकिने भन्दै आत्मसमर्पण गर्न बाध्य भएका हुन् ।

    कुनै बेला ओलीसँग मिल्न नसकिने भन्दै नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपर्ने स्थिति आउन सक्ने कुरा उनीहरुले सार्वजनिक रुपमै बताउने गरेका थिए ।

    उपाध्यक्ष भीम रावलले गत वैशाख ४ गते धनगढीमा आयोजित सभामा आउँदो निर्वाचनमा नयाँ पार्टी र नयाँ चुनाव चिन्हका साथ प्रतिस्पर्धामा उत्रिनुपर्ने हुन सक्ने भन्दै त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

    ओलीसँग एमालेमा रहन नसकिने बताउँदै उहाँले नयाँ पार्टी र नयाँ चुनाव चिन्हलाई पनि जनताले अनुमोदन गर्ने दाबी गर्नुभएको थियो ।

    ओलीको अत्याचार सहन नसकिने भन्दै नयाँ पार्टी निर्माण गर्ने र त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई भीम रावलले निर्देशन दिएको चार महिनापछि एमाले फुटेको छ । तर रावल आफू भने नयाँ पार्टीमा नलागी अध्यक्ष ओलीसँग नजिकिनुभएको छ ।

    रावलसहित ओलीका उग्र आलोचक भनेर चिनिने अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेसहितका नेताहरु पनि ओलीसँग झुकेर एमालेमै रहन बाध्य भएका हुन् ।

    नेता योगेश भट्टराई अरु सबै कुरामा साथ दिने तर विभाजन स्वीकार्न नसकिने आफूहरुको अडान वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेर अघि बढेको बताउनुभयो ।

    हिजो एमालेको माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा उहाँलाई साथ नदिएका नेताहरु र अध्यक्ष ओलीबीच आज बालकोटमा तीन घण्टासम्म वार्ता भएको थियो ।

    उक्त वार्तामा एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिको खाकालाई पालना गर्ने सहमति भएको नेताहरुले बताएका छन् । यो सहमितसँगै अब एमाले एकतावद्ध भएर अघि बढ्ने प्रवक्ता प्रदीप ज्ञवालीले दाबी गर्नुभयो ।

    एमाले अध्यक्ष केपी ओलीले गद्दारको संज्ञा दिँदै माधककुमार नेपाललाई पार्टीमा कुनै स्थान नरहने घोषणा पटक–पटक सार्वजनिक समारोहमार्फत गर्नुभएको थियो ।

    माधव नेपाल बाहेकका नेताहरुले गल्ती स्वीकार गरेर आए माफी दिएर पार्टीमा स्थान दिन सकिने उहाँको प्रष्ट धारणा थियो । तर अरु नेताहरु भने माधव नेपाल बाहेकको एकता हुनै नसक्ने अडान लिँदै आएका थिए ।

    अन्ततः ओली आफ्नो अडानमा अडिग देखिनुभएको छ भने इतर समूहका नेताहरु झुक्न बाध्य भएका छन् ।


    सोमवार, भाद्र ७ २०७८०७:४६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij