Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधवको पार्टीमा जाने तयारीमा वामदेव, देउवा सरकारमा भने सहभागी नहुने

माधवको पार्टीमा जाने तयारीमा वामदेव, देउवा सरकारमा भने सहभागी नहुने

  • सोमवार, भाद्र ७ २०७८

  • 1.1K
    SHARES

  • माधवको पार्टीमा जाने तयारीमा वामदेव, देउवा सरकारमा भने सहभागी नहुने

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अब नेकपा एमाले परित्याग गर्ने संकेत गर्नु भएको छ । उहाँले अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेर एमालेका पूर्व महासचिव माधव नेपालको पक्षमा लाग्नुहुने भएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा उहाँले एमालेका अध्यक्ष ओलीकै कारण पार्टी फुटको स्थितिमा पुगेको आरोप पनि लगाउनुभयो । पार्टीलाई बलियो बनाउन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपामा आफुले राखेको प्रस्ताबको अध्यक्ष ओलीले वास्ता नगरेको पनि गौतमले बताउनुभयो ।

    अब ओलीको नेतृत्वमा पार्टी चल्न नसक्ने गौतमको जिकिर छ । आफुले पार्टी एकताका लागी पहल पर्दा पनि ओलीले आफ्नै शैलीमा पटक – पटक संसद विघटन गरेको गौतमको भनाइ छ । वर्तमान सरकारले राजनितिक दल फुटाउने अध्यादेश ल्याएसंगै माधब कुमार नेपालले आफ्नो छ्ट्टै दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराउनु भएको छ ।

    यद्यपि निर्वाचन आयोगबाट मान्यता पाउन भने बाँकी नै छ । नेता गौतमले एमालेबाट राजिनामा दिएर मात्रै एकीकृत समाजवादी पार्टीमा जाने जानकारी दिनुभयो । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा भने आफु सहभागी नहुने स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो, “वर्तमान सरकारमा जाने भन्ने हल्ला मेरो चरित्र हत्या गर्न खोजेको मात्रै हो, धर्ती फाटी जाओस तर म देउवाको सरकारमा जान्न ।”


    सोमवार, भाद्र ७ २०७८०९:१६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij