Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस क्रियाशील सदस्यता विवाद : आज प्रतिवेदन बुझाउने समितिको तयारी

कांग्रेस क्रियाशील सदस्यता विवाद : आज प्रतिवेदन बुझाउने समितिको तयारी

  • सोमवार, भाद्र ७ २०७८

  • 649
    SHARES

  • कांग्रेस क्रियाशील सदस्यता विवाद : आज प्रतिवेदन बुझाउने समितिको तयारी

    काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज बुझाउँदै छ । प्रतिवेदन अपराह्न ५ बजेभित्र बुझाउने समितिको तयारी छ ।

    समिति सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासित समय माग गरिएको छ । समितिले हिजो नै बुझाउने भनेपनि आज मात्र बुझाउन लागिएको उहाँले बताउनुभयो । “आज त बुझाउनै भनेका छौँ,” लेखकले भन्नुभयो, “हिजो केही विषयमा मिलेको थिएन, अहिले लगभग सहमति बनेको छ ।”

    पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले साँझ ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । तर, देउवानिकट नेताहरुले भने आजै प्रतिवेदन बुझाउनेमा शंका व्यक्त गरेका छन् ।

    गएको साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो ।

    तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन । कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।


    सोमवार, भाद्र ७ २०७८०८:५६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij