Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सांसदहरुको सनाखतका लागि सभामुखबाट पत्रको जवाफ कुर्दै निर्वाचन आयोग

सांसदहरुको सनाखतका लागि सभामुखबाट पत्रको जवाफ कुर्दै निर्वाचन आयोग

  • आइतवार, भाद्र ६ २०७८

  • 520
    SHARES

  • सांसदहरुको सनाखतका लागि सभामुखबाट पत्रको जवाफ कुर्दै निर्वाचन आयोग

    काठमाडौँ । माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई सोधेको छ ।

    माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो । निर्णय गरेर सभामुखलाई पत्र पठाइसकेको र सभामुखको जवाफ पर्खिरहेको आयोगले जनाएको छ ।

    बुधबार सनाखतका लागि बोलाइएकाले त्यसअघि नै संसद सचिवालयबाट पत्रको जवाफ आउने आयोगको अपेक्षा छ । निर्वाचन आयोग स्रोतका अनुसार माधव नेपाललाई संघीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ ।


    आइतवार, भाद्र ६ २०७८०२:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij