Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

  • आइतवार, भाद्र ६ २०७८

  • 449
    SHARES

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ । नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने बैठकका तयारी छ ।

    नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुग्ने नेता देव गुरुङले बताए । यसअघि माओवादी केन्द्रको संगठनका केही विषयहरुको निर्णय गर्न केन्द्रीय कमिटीले स्थायी कमिटीलाई जिम्मेवारी दिएको थियो ।

    माओवादीमा केन्द्रीय समितिको रिक्त पदपूर्ति, प्रदेश तथा जिल्लामा रिक्त पदाधिकारीहरूको पूर्ति हुन सकेको छैन । शनिबार बसेको बैठकमा सांगठनिक विषय टुंग्याउने विषयमा छलफल थालिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।


    आइतवार, भाद्र ६ २०७८०२:४६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij