Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

दुवै नेताको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : अष्टलक्ष्मी शाक्य

दुवै नेताको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : अष्टलक्ष्मी शाक्य

  • शनिवार, भाद्र ५ २०७८

  • 920
    SHARES

  • दुवै नेताको समर्थनमा मुख्यमन्त्री बनेको हुँ :  अष्टलक्ष्मी शाक्य

    काठमाडौँ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्नेबित्तिकै एमाले एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टीपंक्तिको ध्यानाकर्षण गराउनुभयो ।

    उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गर्नुभयो ।

    उहाँले आफूहरु एकताकै पक्षमा रहेको दोहो¥याउनुभयो । मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले नेकपा एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने भएकाले यो पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको बताउनुभयो ।


    शनिवार, भाद्र ५ २०७८०४:५६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij