Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

शैक्षिक सुधारका लागि ओलीले १ लाख सहयोग गर्ने

शैक्षिक सुधारका लागि ओलीले १ लाख सहयोग गर्ने

  • शनिवार, भाद्र ५ २०७८

  • 654
    SHARES

  • शैक्षिक सुधारका लागि ओलीले १ लाख सहयोग  गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

    शुक्रवार चन्द्रगिरी नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

    उनले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताए । उनले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताए ।

    उनले भने, “वडाध्यक्ष शैक्षिक विकासका लागि १ लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकास प्रेमी साथीहरुलाई सबै सहयोगी हातहरु जसरी अगाडि बढ्नुभएको छ, त्यसरी सधैँ लाग्नुहोस्, धेरै धेरै धन्यवाद, तपाईहरु अझै ठूला काममा सफल हुँदै जानुस् शुभकामना ।”
     
    उनले सबै मानिस भीरमा जान नखोज्ने भन्दै भीरलाई व्यवस्थित गर्न सके गन्तव्यस्थल बन्ने बताए । अध्यक्ष ओेलीले पुरानो मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्धलाई पार्कले सम्बोधन गरेको बताए । 


    शनिवार, भाद्र ५ २०७८०६:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij