Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पार्टी दर्ता हुनासाथ राष्ट्रिय भेला गर्छौं, केन्द्रीय कमिटीलाई पूर्णता दिन्छौं : माधव नेपाल

पार्टी दर्ता हुनासाथ राष्ट्रिय भेला गर्छौं, केन्द्रीय कमिटीलाई पूर्णता दिन्छौं : माधव नेपाल

  • शुक्रवार, भाद्र ४ २०७८

  • 570
    SHARES

  • पार्टी दर्ता हुनासाथ राष्ट्रिय भेला गर्छौं, केन्द्रीय कमिटीलाई पूर्णता दिन्छौं : माधव नेपाल

    काठमाडौँ । पार्टीले वैधानिकता पाउनासाथ राष्ट्रिय भेला गरिने नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। पार्टीको राष्ट्रिय भेला/सम्मलेन गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिने उनले प्रष्टाएका छन्।

    ‘हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ’ उनले भनेका छन् ।

    एकताका सबै ढोका बन्द भएपछि वाध्य भएर ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेको उनले प्रष्टाए । ‘हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं।’ उनले विज्ञप्ति मार्फत भनेका छन् ।

    विद्रोहको पक्षमा हस्ताक्षर गर्ने,२०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला थपिएका, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद, वैधानिक प्रावधान अनुसार पुर्‍याउनु पर्ने महिलालाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका नेपालले विज्ञप्तिमा उल्लेख गरेका छन्।


    शुक्रवार, भाद्र ४ २०७८०६:०९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij