Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव र महन्थको नयाँ पार्टीलाई निर्वाचन आयोगले भदौ ९ मा सनाखत गर्ने

माधव र महन्थको नयाँ पार्टीलाई निर्वाचन आयोगले भदौ ९ मा सनाखत गर्ने

  • शुक्रवार, भाद्र ४ २०७८

  • 784
    SHARES

  • माधव र महन्थको नयाँ पार्टीलाई निर्वाचन आयोगले भदौ ९ मा सनाखत गर्ने

    काठमाडौँ । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल सनाखत गर्ने भएको छ। प्रस्तावित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि निवेदन परेसँगै निर्वाचन आयोगले भदौ ९ गते सनाखतको समय छुट्याएको छ।

    शुक्रबार बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्ने निर्णय गरेको हो। त्यसका लागि भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    सनाखत सकिएसँगै सोही दिन नयाँ दल दर्ता हुने छ। दुबै दलका नेतालाई नागरिकतासहित उपस्थित हुन भनिएको छ। राजनीतिक दल सम्बन्धि अध्यादेश जारी भएसँगै नेता नेपाल र ठाकुर नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए।

    बुधबार दर्ता गरिएको दललाई आयोगले मान्यता नदिएपछि शुक्रबार नेपाल पक्षले नेकपा एकीकृत समाजवादी र ठाकुरपक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए।


    शुक्रवार, भाद्र ४ २०७८०६:०२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij