Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नयाँदिल्लीबाटै झलनाथ खनालले भने : म नेकपा एकीकृत समाजवादी पार्टीमा छु

नयाँदिल्लीबाटै झलनाथ खनालले भने : म नेकपा एकीकृत समाजवादी पार्टीमा छु

  • शुक्रवार, भाद्र ४ २०७८

  • 959
    SHARES

  • नयाँदिल्लीबाटै झलनाथ खनालले भने : म नेकपा एकीकृत समाजवादी पार्टीमा छु

    काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब आफू नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेको बताएका छन्। भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार सामाजिक सञ्जाल मार्फत आफू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको जनाएका हुन्।

    बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

    नेकपा एमाले समाजवादी नाममा दल दर्ता गर्न निवेदन दिएको भएपनि त्यसलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि शुक्रबार नेपालपक्षले नेकपा एकीकृत समाजवादी नाममा दल दर्ताको निवेदन दिएको छ।

    एमालेमा रहँदा नेपाल– खनालपक्षका साथमा रहेका अधिकांश स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुले नयाँ पार्टीमा साथ दिएका थिएनन्। दल दर्ता निवेदनमा खनाललाई वरिष्ठ नेता राखिएको छ।

    सुरुमा साथ नदिएका एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार आफू नयाँ दलमा जाने बताएका थिए।


    शुक्रवार, भाद्र ४ २०७८०५:५६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij