Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा बागमतीको नयाँ प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

राष्ट्रपतिद्वारा बागमतीको नयाँ प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

  • शुक्रवार, भाद्र ४ २०७८

  • 682
    SHARES

  • राष्ट्रपतिद्वारा बागमतीको नयाँ प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नयाँ प्रमुख नियुक्त गरेकी छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

    ’सम्मानीय रापष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७८÷५÷३ को निर्णय एवम् सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १६३को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, शंखुवासभालाई वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    शर्मा माधव नेपाल समूहको कोटाबाट प्रदेश प्रमुखमा सिफारिस भएका थिए। शर्मा बागमती प्रदेशका तेस्रा प्रमुख बनेका छन्। विष्णु प्रसाईं अघि अनुराधा कोइराला प्रदेश प्रमुख थिइन्।


    शुक्रवार, भाद्र ४ २०७८०५:५१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij