Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

माधव नेपालको पार्टी जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार : प्रचण्ड

माधव नेपालको पार्टी जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार : प्रचण्ड

  • बिहिवार, भाद्र ३ २०७८

  • 403
    SHARES

  • माधव नेपालको पार्टी जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । आज दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताउनुभएको हो ।

    ‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ’, प्रचण्डको भनाइ छ । त्यस्तै उहाँले अध्यादेशका बारेमा बहस उठेकोमा धन्यवाद दिँदै ओलीले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको बताउनुभयो ।

    ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र, संविधान, सिध्याउने हो । अर्कोको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हो अनि कसरी एउटै हुन्छ ?’, प्रचण्डको प्रश्न छ ।


    बिहिवार, भाद्र ३ २०७८०३:३६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij