Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता

प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता

  • बिहिवार, भाद्र ३ २०७८

  • 650
    SHARES

  • प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवबीच भेटवार्ता

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले औचापरिक रुपमा विभाजिन भएको भोलिपल्ट तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित एमाले समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भेटावार्ता भएको हो ।

    प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच बिहीबार बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको हो ।

    भेटमा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा कुराकानी भएको बताइएको छ । सरकारले अध्यादेश ल्याएपछि नेपालले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।


    बिहिवार, भाद्र ३ २०७८११:४३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij